यु–१५ विद्यालय खेलकुद प्रतियोगिता: मापसे गरेका बास्केटबल संयोजकलाई मैदान प्रवेशमा रोक
पाेखरा | जेठ ३०, २०८१
पोखरा: पोखरा रङ्गशालामा आज (बुधबार) बाट सुरु भएको यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा मापसे (मादक पदार्थ सेवन) गरेर कोर्टमा पुगेपछि बास्केटबल खेलका संयोजकलाई मैदान प्रवेशमा रोक लगाएको छ ।
मापेस गरेको प्रमाणित भएसँगै नेपाल बास्केटबल संघका कार्यालय सचिव तथा बास्केटबल खेल संयोजक रमेश खड्कालाई उनलाई बाहिर पठाइएको हो ।
खड्काले पोखरा रंगशालास्थित कोर्टमा बास्केटबल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै निहुँ खोजेपछि प्रदेश र संघका प्रतिनिधिहरुबबी केही समय विवाद भएको थियो ।
त्यही विवादकै कारण बिहान ७ बजे हुने भनिएको खेल करिब साढे ३ घण्टा पछि धकलिएको थियो ।
प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेलमा छात्र र छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि भिड्नेछन् ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

