नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडाैं | जेठ ३०, २०८१

नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं:     आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १/१ अंक बाँडे ।


फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७ः३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन ।


नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ । अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ ।


यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २/२ अंक छ ।


नेपालले अब शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशको सामना गर्नेछ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्