पोखरा १ स्कुलस्तरीय बास्केटबल: छात्रतर्फ स्पाइरल र छात्रातर्फ विन्ध्यश्वरी च्याम्पियन
राष्ट्रिय माविलाई रनिङ शिल्ड, साइना र प्रवेश सर्वाेत्कृष्ट
पाेखरा | जेठ २०, २०८१
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।
पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो ।
यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए ।

(छात्रतर्फको विजेता स्पाइरल ग्यालेक्सी)
उनका अनुसार छात्रतर्फ उपाधि जितेको स्पाइरल ग्यालेक्सीले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता बनेको केफले नगद रु १२ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
यस्तै तृतीय बनेको राष्ट्रिय माविले नगद रु ८ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
छात्रातर्फ च्याम्पियन बनेको विन्ध्यश्वरीले नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

(छात्रातर्फको विजेता विन्ध्यश्वरी आदर्श)
यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफले क्रमश नगद रु ८ हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगितामा छात्रतर्फ स्पाइरलका प्रवेश तिवारी र छात्रातर्फ विन्ध्यश्वरीकी साइना बुद्धचार्य सर्वाेत्कृष्ट खेलाडीका रुपमा ट्रफिद्वारा पुरस्कृत भइन् । यस्तै छात्रातर्फ हाइस्कोररका रुपमा विन्ध्यश्वरीकी प्रशंसा कार्की र छात्रतर्फ केफका विशेष धिताल ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत भए ।
सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।
राष्ट्रिय माविलाई रनिङ शिल्ड
विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हाँसिल गरेपनि राष्ट्रिय माविले रनिङ शिल्ड जितेको छ ।
राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ शिल्ड जितेको हो ।
राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशिष सुनारले जिते ।

यस्तै छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्य पदक जितेकी थिइन् ।
उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरु, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

