पोखरा १ स्कुलस्तरीय बास्केटबल: छात्रतर्फ स्पाइरल र छात्रातर्फ विन्ध्यश्वरी च्याम्पियन
राष्ट्रिय माविलाई रनिङ शिल्ड, साइना र प्रवेश सर्वाेत्कृष्ट
पाेखरा | जेठ २०, २०८१

कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।
पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो ।
यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो । छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए ।
(छात्रतर्फको विजेता स्पाइरल ग्यालेक्सी)
उनका अनुसार छात्रतर्फ उपाधि जितेको स्पाइरल ग्यालेक्सीले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता बनेको केफले नगद रु १२ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
यस्तै तृतीय बनेको राष्ट्रिय माविले नगद रु ८ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
छात्रातर्फ च्याम्पियन बनेको विन्ध्यश्वरीले नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
(छात्रातर्फको विजेता विन्ध्यश्वरी आदर्श)
यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफले क्रमश नगद रु ८ हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगितामा छात्रतर्फ स्पाइरलका प्रवेश तिवारी र छात्रातर्फ विन्ध्यश्वरीकी साइना बुद्धचार्य सर्वाेत्कृष्ट खेलाडीका रुपमा ट्रफिद्वारा पुरस्कृत भइन् । यस्तै छात्रातर्फ हाइस्कोररका रुपमा विन्ध्यश्वरीकी प्रशंसा कार्की र छात्रतर्फ केफका विशेष धिताल ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत भए ।
सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।
राष्ट्रिय माविलाई रनिङ शिल्ड
विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हाँसिल गरेपनि राष्ट्रिय माविले रनिङ शिल्ड जितेको छ ।
राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ शिल्ड जितेको हो ।
राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशिष सुनारले जिते ।
यस्तै छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्य पदक जितेकी थिइन् ।
उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरु, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाडौं: प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभ...
नवलपरासी: चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढक...
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजित...