पोखरामा राष्ट्रिय पशुपंक्षी दिवस मनाइयो

'अमानवीय रूपमा पशुपंछी ढुवानी नगर'

पाेखरा | जेठ २०, २०८१

पोखरामा राष्ट्रिय पशुपंक्षी दिवस मनाइयो

कास्की:  पशुपंछी प्रेमी समूह पोखराले शनिबार राष्ट्रिय पशुपंछी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।

 

पोखराको चिप्लेढुंगा नजिकै रहेको मानव अधिकार चोकको चौतारामा जम्मा भएर प्लेकार्ड प्रदर्शनी, पशुपंछीप्रति श्रद्धाञ्जली, दीप प्रज्वलन तथा मौनधारण गरी शान्तिपूर्ण कार्यक्रम तबरले कार्यक्रम सम्पन्न गरेका हुन् ।

 

पोखरामा पशुपंछीका लागि काम गर्ने व्यक्तिहरू मिलेर बनेको समूह उक्त समूहका सदस्यहरु भेला भएर पशुपंछी कल्याण, पशुपंछी अधिकारका विषयहरु समेटिएका प्ले कार्डहरू प्रदर्शनी गरे ।

 

कार्यक्रममा बिशेष गरी पशुपंछीप्रति हुने विभिन्न किसिमका हिंसा, अत्याचारको अन्त्य हुनुपर्ने, अमानवीय रूपमा पशुपंछी ढुवानी गर्न नहुने, अण्डा उत्पादन गर्ने कुखुरालाई खुला रूपमा बाँच्न दिनुपर्ने, मानव जस्तै पशुपंछीलाई पनि स्वतन्त्र रूपमा जीवन बिताउन पाउने अधिकार भएको जस्ता सन्देशहरू प्लेकार्डमा समावेश गरिएका थिए ।

 

विशेष गरेर पशुपंछी कल्याण र अधिकार सुनिश्चितताका लागि पाँच किसिमका स्वतन्त्रता सुनिश्चित हुनु जरूरी रहेको पशुप्रेमीहरुको भनाई रहेको थियो ।

यी पाँच बुँदाहरु निम्न छन्:-

१) भोक, प्यास र कुपोषण हुन नदिने ।
२) डर, त्रास तथा तनावबाट मुक्त हुनुपर्ने ।
३) भौतिक तथा शित तापजन्य असुविधाबाट सुरक्षित गर्ने।
४) दुःख, पीडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित गर्ने ।
५) सामान्य व्यवहार अभिव्यक्त गर्न पाउने।

काभ्रपेलाञ्चोक:  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...

थप पढ्नुहोस्

मुस्ताङ:  मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।  सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।    ...

थप पढ्नुहोस्