विन्ध्यश्वरी आदर्शलाई बास्केटबलको उपाधि

पुरुषतर्फ स्पाइरल र केफ भिड्ने

पाेखरा | जेठ १९, २०८१

विन्ध्यश्वरी आदर्शलाई बास्केटबलको उपाधि

कास्की:   पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि मोहरियाटोलको विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।

 

पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा आज (शनिबार) भएको फाइनल खेलमा महिलातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो ।

 

सो प्रतियोगिताबाट करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) ले पोखरा आदर्शलाई हराउँदै तृतीय बनेको आयोजक संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । 

 

उनका अनुसार उपाधिसँगै विन्ध्यश्वरीले नगद रु १२ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफलाई क्रमश नगद रु १० हजार र ८ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । 

 

उनका अनुसार आइतबार विहान समापन समारोहकाबीच पुरस्कार वितरण  गरिनेछ ।

 

यसअघि विन्ध्यश्वरीले सेमिफाइनलमा करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने राष्ट्रिय माविले पोखरा आदर्शलाई पराजित गरेर फाइनल पुगेको थियो ।
 

पुरुषतर्फको फाइनल आइतबार हुने
 

प्रतिकुल मौसमका कारण पुरुषतर्फको फाइनल खेल स्थगित भएको छ । अब उक्त खेल आइतबार विहान ८ बजे हुने संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।

 

फाइनल खेलका लागि करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) र स्पाइरल ग्यालेक्सी मावि भिड्ने छन् । 

 

यसअघि सेमिफाइनलमा केफले राष्ट्रिय मावि र स्पाइरल ले पोखरा आदर्शलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

 

प्रतियोगितामा राष्ट्रिय मावि पोखरा आदर्शलाई पराजित गर्दै तृतीय बनेको छ । 

 

 

विजेता टिमले नगद रु १५ हजार, रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

 

यस्तै सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । 

 

गुरुङका अनुसार सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको छ भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ । 


 

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्