सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि

पाेखरा | जेठ १८, २०८१

सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका बस्ताकोटीको अन्त्येष्टि

पोखरा:      सगरमाथा आरोहण गरेर फर्कने क्रममा निधन भएका पोखराका विनोदबाबु बस्ताकोटीको मरेखरे घाटमा शुक्रबार अन्त्येष्टि गरिएको छ । बस्ताकोटीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पोखरा सभागृह परिसरमा राखिएको थियो ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा लगायतले उनलाई श्रद्धाञ्जली दिए । बस्ताकोटीलाई वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको वडाध्यक्ष्य थापाले बताए ।


बस्ताकोटी विगत १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए । युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको महानगरले शोक विज्ञप्ति निकालेर जनाएको छ ।


विज्ञप्तिमा भनिएको छ, ‘शोकको यस घडीमा पोखरा महानगरपालिका स्वर्गीय सफल आरोही बस्ताकोटीप्रति भापूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’


पोखरा २६ का ३७ वर्षीय बस्ताकोटीको जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेका उनको फर्किने क्रममा निधन थियो ।


जेठ ९ गते बेलुकी ५ बजे चौथो शिविरमा उनी अचानक बिरामी परेका थिए । उनी लेक लागेर बिरामी परेको र ८ हजार २ सय ५० मिटरमा रोकिए पनि त्यसभन्दा तल झर्न नसक्दा मृत्यु भएको विभागले जनाएको छ ।


परिवारलाई पत्तै नदिई सगरमाथा आरोहमा गएका उनले यसअघि खुम्बु आइसपिक र लोबुचे आरोहण गरिसकेका थिए । २०२२ बाट लगातार सगरमाथा आरोहणको प्रयासमा रहेका उनी यसअघि नै ५ पटक सगरमाथा आधार शिविरसम्म पुगेका थिए ।


बस्ताकोटी पोखरामा पर्यटन व्यवसायमा संलग्न थिए । जेठ ४ गते उनले सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका थिए । बस्ताकोटीको शव सगरमाथा आधार शिविरबाट काठमाडौं ल्याइएको छ । उनका श्रीमती र छोरा छन् ।

काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

थप पढ्नुहोस्

काठमाडौं:  दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठ...

थप पढ्नुहोस्

पोखरा: पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् ।  पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा ...

थप पढ्नुहोस्