एनभिए लिगका लागि गण्डकीको टोली घोषणा, रवि टोलीमा फर्किए

पाेखरा | जेठ १८, २०८१

एनभिए लिगका लागि गण्डकीको टोली घोषणा, रवि टोलीमा फर्किए

पोखरा:    काठमाडौंमा भोलिदेखि सुरु हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगका लागि गण्डकीको पुरुष टोलीको घोषणा गरेको छ । गण्डकी प्रदेश भलिबल संघले खोम प्रसाद पाण्डेय (हरि)को कप्तानीमा १२ सदस्यीय टोलि घोषणा गरेको हो । 


गण्डकी प्रदेश भलिबल संघले आठौं प्रधानमन्त्री भलिबल कपमा तीन भारतीय खेलाडीसमेत समावेश गरेको छ । भने, केही महिना मात्र वैदेशिक रोजगारीका लागि जापान गएका गण्डकीका खेलाडी रवि केसी टिममा फर्किएका छन् । 


गण्डकीको टिमा खोम प्रसाद पाण्डेय (हरि) कप्तान, मोहन उक्रपाण्डियन, रमन कुमार, सहया एन्थोनी राज सन्तोष, सुजन चोखाल, रवि केसी, हिमाल सुनारी मगर, इन्द्र विक, विश्वास अधिकारी, जीवन सुनार, राजन दर्लामी मगर र कुञ्जन शाही छन् । 


यस्तै टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा किरण गुरौं र व्यवस्थापकमा सन्तोष विक रहेका छन् । 


जेठ १९देखि २६ गतेसम्म सञ्चालन हुने आठौं प्रधानमन्त्री कप, एनभिए महिला/पुरुष भलिबल लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिम छनोट भएका थिए । 

 

खेल तालिका

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्