बङ्गुरको पकेट क्षेत्र जलजलेमा पोखरा महानगरद्धारा बङ्गुरका पाठा वितरण
पाेखरा | जेठ १५, २०८१
पोखरा: बङ्गुरपालनको पकेट क्षेत्र पोखरा–२७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बङ्गुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ ।
महाशाखाले बङ्गुरपालन कृषकहरुलाई लक्षित गरी जलजले बङ्गुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी बङ्गुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बङ्गुरको पाठा वितरण गरेको हो ।
बङ्गुर पाठा वितरण कार्यक्रममा बोल्दै पोखरा २७ का कार्यबाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले अघिल्लो वर्ष महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण ब्यवसायीहरुको खोर रित्तिएको अवस्थामा पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाबाट बंगुरको पाठा वितरण गरी कृषकलाई राहत प्रदान गरेको बताउदै वडाले पनि जलजलेका कृषकलाई राहत प्रदान गर्ने गरी काम गर्न प्रतिवद्ध रहेको समेत बताए
पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका प्रमुख मनहर कडरियाले बङ्गुरको पकेट क्षेत्रको रुपमा रहेको जलजले बंगुर ब्रिडर कृषक समुहमा आवद्ध ब्यवशायीहरुलाई राहत पुगोस भन्ने उद्देश्यले बंगुरको पाठा वितरण गरिएको बताए ।
कडरियाका अनुसार गत वर्ष फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण जलजले बङ्गुर ब्रिडर कृषक समुहमा आवद्ध १९ वटा फर्मका बंगुरहरु मरेर नष्ट भएको र अघिल्लो वर्षनै महानगरले बंगुरको पाठाहरु बितरण गरेको र अहिलेपनि त्यसको फ्लो अप स्वरुप पचास प्रतिशत सझेदारीमा पुनः बङ्गुरको पाठा बितरण गरिएको हो । बायो सेक्रेटरीलाई ध्यान दिन नसक्दा विभिन्न रोगहरु लाग्ने बताउदै त्यसतर्फ महानगरले सहयोग गर्ने र कृषकहरुपनि त्यस तर्फ सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो ।
जलजले बंगुर ब्रिडर कृषक समुहका अध्यक्ष पदम बहादुर थापाले कोरोनाको मार खेपेको कृषकले अफ्रिकन स्वाइन फ्लुका कारण खोर नै रित्तिदा कतिपयले ब्यवसायनै छाडेको बताउदै आफुहरुलाई महानगरले गरेको सहयोगका कारण ब्यवसायलाई निरन्तरता दिन सहज भएको बताए ।
स्वाइन फ्लुका कारण समुहमा ४ हजार बङ्गुर नष्ट भएको बेला महानगरले पाठा वितरण गरेर ब्यवशायलाई निरन्तरता दिन सहयोग गरेर अगाडी वढिरहदा फेरिपनि पाठा वितरण गरेर जलजलेका कृषकलाई गुन लगाएकोमा महानगरप्रति थापाले आभार प्रकट गरे ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका नवराज अधिकारी, राजेन्द्र लामिछाने लगायतको सहभागीता रहेको थियो । ३५ को हाराहारीमा फर्म रहेको जलजलेमा हाल १९ वटा फर्म हरु संस्थामा आवद्ध रहेका छन ।
खोटाङ: आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गत...
गण्डकी: शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् ।&nb...
नवलपरासी: पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्य...