विदेशी हस्तक्षेप विरुद्ध प्रभावकारी भूमिका खेल्न आभूषण महासंघलाई विज्ञहरुको सुझाव
विज्ञहरु भन्छन् – विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका निर्णायक
काठमाडाैं | जेठ ५, २०८१
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।
महासंघको आज शुक्रबार काठमाडौंमा बसेको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेप विरुद्ध प्रभावकारी कदम चाल्न महासंघलाई सुझाव दिएको हो ।
विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको विज्ञहरुको बुझाइ छ । यसले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेकोले यसलाई जोगाउनु पर्नेमा विज्ञहरुको जोड थियो ।
यता, महासंघका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको गुनासो गनुभएको छ । ऐन कानुन नभएकाले बैध र अबैध व्यपार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको गुनासो गर्दै अबैध व्यपारलाई राज्यले निरुत्साहित गर्नुपर्ने अध्यक्ष सुनारले बताउनुभयो ।
मुलुकभर २३ हजार भन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर भएको जिकिर गर्दै उहाँले राज्यले यसलाई विलाशिताको क्षेत्रमा राखेकोमा आपत्ति समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुनलाई विलाशिताको क्षेत्रमा राखेको छ, यो त हाम्रो संस्कार हो यसलाई सबैको पहुँचमा ल्याउन आवश्यक छ ।’
त्यस्तै, नेपालमा १० हजार भन्दा बढी दक्ष कालिगढ रहेको भन्दै उनीहरुलाई आफ्नो क्षमता दर्शाउने प्रमाणपत्र लगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता भएको बैठकमा उपस्थित विज्ञहरुले औल्याएका छन् ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

