पोखरामा मदन–आश्रितको सम्झना: स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई

पाेखरा | जेठ २, २०८१

पोखरामा मदन–आश्रितको सम्झना: स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई

पोखरा:    स्व. मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरिएको छ । 

 

नेकपा एमाले कास्कीको आयोजनामा पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाईसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मदन र जीवराजको शालिकमा माल्यार्पण गरेका हुन् । 

 

सो अवसरमा बोल्दै मुख्यमन्त्री अधिकारीले जननेता भण्डारीको विचारलाई अनुसरण गर्नपर्ने धारणा राखेका थिए । 

 

 

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको दास ढुङ्गामा सडक दुर्घटना हुँदा वि.सं.२०५० साल जेठ ३ गते निधन भएको थियो । 

 

नेकपा एमालेले भण्डारी र आश्रित चढेको गाडी दासढुङ्गामा दुर्घटना परेको दिनको सम्झानामा मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ । 

 

नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले ३१ औं मदन–आश्रित दिवसको अवसरमा बिहीबार (भोलि) विचार गोष्ठी कार्यक्रमसमेत आयोजना गरेको बताए । 

 

‘नेकपा एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको ३१ औं स्मृति दिवसमा कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाउँदै छौं, सचिव लामाले भने, ‘स्मृति दिवस मनाउने क्रममा आज मदन–आश्रित पार्क सरसफाईसँगै माल्यार्पण गरेका हौं र भोलि पार्टी कार्यालयमा विचार गोष्ठी कार्यक्रम गरेर स्मृति दिवस मनाउँदै छौं ।’

 

मुख्यमन्त्री अधिकारीसँगै गण्डकी प्रदेश सभाका सदस्यहरु, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ तथा वडाध्यक्षसहित पार्टीका नेता ता कार्यकर्ताहरुको सहभागिता रहेको सो कार्यक्रममा भण्डारीका विशेषताहरुसमेत वाचन गरिएको थियो ।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्