पोखरा महानगरका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

पाेखरा | जेठ १, २०८१

पोखरा महानगरका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

पोखरा:     पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलाप सम्बन्धी पुुनर्ताजगी  तालिम सुरु भएको छ ।“मेलमिलाप गरौँ, सम्बन्ध बढाऔँ” भन्ने उद्देश्य सहित तीन दिनसम्म सञ्चालन हुने तालिमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गर्नुभयो ।
 

उद्घाटन कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले पोखरा महानगरपालिका न्यायिक समिति उत्कृष्ट रहेको उल्लेख गर्दै उत्कृष्ट बनाउन मेलमिलापकर्ता लगायत सबैको भुमिका महत्वपूर्ण रहेको बताउनुुभयो । 


सरकार बन्नका लागि कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका हुनुुपर्ने बताउदै उहाँले सरकारको न्यायपालिकाको रुपमा न्यायिक समिति रहेको उल्लेख गर्दै विवाद समाधानका लागि मेलमिलापकर्ताहरुको मन मिलाउने कार्यमा इमान्दारीताका साथ लाग्नुपर्ने बताउनुभयो । 


कार्यबाहक प्रमुख गुुरुङले विवादले फाटेका मनहरुलाई मेलमिलापका माध्यबाट सिलाउने प्रयत्न मेलमिलापकर्ताहरुले गर्ने भएकाले तालिमको आयोजना गरिएको बताउनुुभयो । उहाँले  स्थानीय तहबाटै विवाद उत्पन्न हुने भएकाले वडाबाटै यसको समाधान गर्ने उद्देश्यले वडामा मेलमिलापक केन्द्र स्थापना गरिएको बताउनुभयो ।


पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधकिृत श्यामकृष्ण थापाले तालिमबाट नयाँ कुराहरु सिक्ने अवर प्राप्त गर्ने भएकाले यस्ता तालिमहरु फलदायि हुने विश्वास ब्यक्त गर्नुभयो । 


पोखरा महानगपालिका वडा नम्बर १७ का अध्यक्ष एवं एमाले दलका नेता राधिका शाही योगीले तालिमले सशक्त बनाउने र मेलमिलाप गराउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुुभयो । मेलमिलापकर्ताहरुलाई केही अप्ठ्यार भएपनि विवाद समाधानका लागि प्रयास गरिरहेको बताउदै त्यसका लागि वडा र महानगरले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


कांग्रेसको तर्फबाट महानगरका दलका नेता एंव वडा नम्वर २ का अध्यक्ष  दिवसमान प्रधानांगले पोखरा महानगरको न्यायिक समितिले उत्कृष्ट कार्य गरेको बताउदै वडामा हुने विवादलाई मेलमिलाप मार्फत समाधान गरेर नागरिकलाई सहज रुपमा न्याय दिलाउनुपर्नेमा जोड दिनुभयो ।


महानगर न्यायिक समिति सदस्यहरु कालिदास पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य रजनी परियार, मेलमिलापकर्ताद्धय जमुुना पराजुली, केशबराज बराल र महानगर न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोमनाथ लम्सालले मेलमिलापकर्ताका बारेमा बोल्नुुभएको थियो । 


पोखरा महानगरमा हाल १६९ जना मेलमिलापकर्ता सुचिकृत भएको र पहिलो चरणमा १ देखि १८ नम्वर वडाका मेलमिलापकर्तालाई पुुनर्ताजगी तालिम सञ्चालन गरिएको मेलमिलापकर्ता संयोजक सोमनाथ लम्सालले जानकारी दिनुभयो ।१९ देखि ३३ नम्वर वडाका मेलमिलापकर्तालाई  जेठ ९ देखि ११ गतेसम्म दोश्रो चरणमा तालिम सञ्चालन गरिने न्यायिक समिति सदस्य कालिदास पोखरेलले बताउनुभयो ।

पोखरा: पोखरा महानगरपालिका न्यूरोडस्थित गुरुङ गहना पसल प्रालिका सञ्चालिका सिमा गुरुङको जन्मदिनमा आयोजित खुल्ला रक्तदानमा १ सय १४ युनिट रगत संकलन भएको छ ।  व्यवसायसँगै सामाजिक क्षेत्रमा क्रियाशिल गुरु...

थप पढ्नुहोस्

पोखरा:  प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले मिडियामा आदिवासी जनजातिको समावेशिता आवश्यकता अपरिहार्य रहेको बताए ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दि...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका विभिन्न स्थानमा आभूषण निर्माण व्यवसाय गर्दै आएका ११ जना भारतीय नागरिकलाई “सुनचाँदीको अवैध कारोबारमा संलग्न” भएको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रत...

थप पढ्नुहोस्