ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी गाउँपालिकाको नियन्त्रणमा
पाेखरा | जेठ १, २०८१
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको छ ।
शनिबार ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भेडावारी कास्कीबाट खटिएको प्रहरीको टोलिले ना १ क ४७४२ नम्बरको जेसिवी नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको जेसिवी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि माछापुच्छ्रे गाउँपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

