ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी गाउँपालिकाको नियन्त्रणमा

पाेखरा | जेठ १, २०८१

ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी गाउँपालिकाको नियन्त्रणमा

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकालाई बुझाएको छ । 


शनिबार ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट भेडावारी कास्कीबाट खटिएको प्रहरीको टोलिले ना १ क ४७४२ नम्बरको जेसिवी नियन्त्रणमा लिएको हो । 


अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको जेसिवी नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि माछापुच्छ्रे गाउँपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 
 

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्