बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

बाग्लुङ | बैशाख २५, २०८१

बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ:    बागलुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय खमबहादुर पुनको मृत्यु  भएको हो । 


घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएका पुनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।


‘उपचारका लागि स्वास्थ्य केन्द्रमा ल्याईएका पुनलाई चिकित्सकले मृत घोषित गरेका थिए’ यादवले भने, ‘शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाईसकिएको छ ।’

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गर...

थप पढ्नुहोस्

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ...

थप पढ्नुहोस्