पोखरा १० मा आधारभुत ब्यूटिसियन तालिम सुरु
पाेखरा | बैशाख २४, २०८१

पोखरा: पोखरा महानगरपालिका वडा नं १० ले वडा भित्र रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ ।
वडा स्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधि भएर वडामा आएदेखि वडा भित्रका युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक तालिमहरुको आयोजना गरी युवाहरुलाई आत्मनिर्भर बनाउने अभियानमा लागिपरेको बताए । युवा, महिला, दलित समुदाय तथा विपन्न परिवारका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सकेको खण्डमा स्वदेशमै सानो लगानीमा ब्यापार व्यवसाय गर्न सक्ने उनको भनाइ रहको थियो ।
सो अवसरमा बोल्दै तालिमका समन्वय कर्ता बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक बविता कार्कीले महिला दिदी बहिनीहरुले जुनसुकै सीप सिकेको खण्डमा स्वदेशमा या विदेशमा राम्रो कमाइ गर्न सक्ने बताउदै आफुहरुले ४५ दिन सम्म तालिममा सिकाइने कुरालाई व्यवहारमा उतार्न सके नेपालमानै केही गर्न सक्ने बताइन ।
त्यस्तै ब्यूटिसियन तालिमका संयोजक तथा वडा नं १० का सदस्य नरदेवी गुरुङले अघिल्लो वर्षहरुमा पनि महिला दिदी बहिनीहरुलाई ब्यूटिसियन तालिमहरु प्रदान गर्दै आइरहेको र आगामी दिनमा पनि आधारभुत मात्र नभइ डिप्लोमा लेभलको ब्यूटिसियन तालिम समेत आफुहरुले सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गरिन । सोमबारदेखी सञ्चालन भएको तालिममा वडा भित्रका २५ जना महिलाहरुको सहभागीता रहेको वडा सचिव दमयन्ती पराजुलीले जानकारी दिइन ।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। ...