हराएको १७ लाख फेला पारेर कास्की प्रहरीले बुझायो सम्बन्धित धनीलाई

पाेखरा | बैशाख ६, २०८१

हराएको १७ लाख फेला पारेर कास्की प्रहरीले बुझायो सम्बन्धित धनीलाई

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको १७  लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । 


कृषि विकास बैंकमा नगद जम्मा गर्न जाँदा कालिगढ मनोहर पवँरले हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । 


‘पोखरा–८ पृथ्वीचोकस्थित माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले कृषि विकास बैंकमा नगद जम्मा गर्न जाने क्रममा १७ लाख रुपैयाँ हराएको खवर कास्की प्रहरीलाई गरेका थिए’, शर्माले भने, ‘नगद हराएको खवरपछि खोजतलाज गर्ने क्रममा भारत घर भई पालिखे चोक बस्दै आएका छोटुवाल शर्माले फेला पारेको भन्ने सूचनापछि उनैको रोहबरमा सम्बन्धित धनीलाई बुझाएका छौं ।’


माता श्री ज्वैलर्समा कार्यरत कालिगढ मनोहरले बैंकमा नगद जम्मा गर्ने जाने क्रममा मोटरसाइकलको लेगार्डमा झोलाभित्र राखेका १७ लाख रुपैयाँ आज दिउँसो हराएका थिए । 


पैसा हराएको सूचनापछि प्रहरीले खोजतलाज गर्ने क्रममा पालिखेचोक बस्दै आएका शर्माले फेला पारेको सूचनापछि उनैको रोहबरमा प्रहरीले माता श्री ज्वैलर्सका सञ्चालक धुव्रकुमार सुनारलाई बुझाएको हो । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्