भारतीय खेलाडी सम्मिलित बागलुङ घुम्टेलाई पराजित गर्दै आर्मीले जित्यो कालीका कपको उपाधि
बाग्लुङ | बैशाख ६, २०८१

बागलुङ: चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालीका कप भलिबल प्रतियोगिताको उपाधि विभागिय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
बिहिबार भएको फाइनल खेलमा आर्मीले बागलुङ घुम्टे रेष्टुरेण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । चार भारतीय खेलाडी सहित मैदान प्रवेश गरेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
आर्मीले पहिलो सेट २५–१८ ले जित निकालेको थियो । दोस्रो सेटमा सुरुवातदेखि अग्रता लिएको आर्मीले सहज रुपमा २५–१२ ले जित्यो । तेस्रो सेटमा केही प्रतिस्पर्धा बनेपछि अन्तिम समयमा २५–२२ ले जित निकाल्दै आर्मीले उपाधि रक्षा गर्यो ।
यस्तै बिहिबार नै भएको तेस्रो स्थानको खेलमा कस्तुरी युवा क्लबले कालिका युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । कस्तुरी युवा क्लबले २५–२१, २५–२२ र २५–१२ ले आफ्नो पक्षमा पार्यो ।
उपाधि जितेको आर्मीले नगद ३ लाख रुपैयाँ, उपविजेता बागलुङ घुम्टे रेष्टुरेण्टले १ लाख ५० हजार रुपैयाँ र तृतीय भएको कस्तुरी युवा क्लबले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
यस्तै विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका शरण सामरी क्षेत्री बनेका छन् । यस्तै आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरि बहादुर भण्डारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट प्रशिक्षक बनेका छन् । यस्तै उत्कृष्ट सर्भर बागलुङ घुम्टेका राजनेश सिंह र उत्कृष्ट डिफेन्डर कस्तुरी युवा क्लबका निरज थापा घोषित भए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...