कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा यूनाइटेड क्लबको शैक्षिक सामग्री सहयोग

पाेखरा | बैशाख ३, २०८१

कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा यूनाइटेड क्लबको शैक्षिक सामग्री सहयोग

पोखरा:     यूनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । 


क्लबको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन सोमबार पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामग्री वितरण गरेको हो ।


शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले यूनाइटेड क्लब जस्ता पोखरामा सयौंको संख्यामा क्लबहरु रहेको र उनीहरुले मेला महोत्सव आयोजना गर्ने गरेको भएतापनि सामाजिक क्षेत्रमा कुनै काम नगरेको बताउदै यूनाइटेड क्लबले पोखराको अमरसिंहमा स्थापना भएतापनि पोखरा र आसपासमा कार्यक्षेत्र बनाइ प्रतिफल योग्य काम गरेको बताए ।


यूनाइटेड क्लबले आफ्नो बहुप्रतिक्षित योजना अन्तर्गत पोखरा २७ अर्चलेमा जेहेन्दार बिद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागेको आवाशिय छात्राबास निर्माणको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने र आगामी वर्ष उक्त निर्माणस्थलमा पक्की बाटो निर्माण गरिदिने प्रतिवद्धता समेत ब्यक्त गरे । अध्यक्ष गुरुङले अर्चलेमा जन्मेर विभिन्न ठाँउमा बसोबास गर्नेहरुले कवि शिरोमणी आधारभुत विद्यालयको स्तरोन्नतीको लागि सहयोग गर्न समेत आग्रह गरे ।


यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरामा स्थापना भएको यूनाइटेड क्लबले स्थापना कालदेखीनै पोखराको साविक लेखनाथ क्षेत्रलाईनै मुख्य आधार बनाइ काम गर्दै आइरहदा हाल सम्म क्लबले ८० प्रतिशत रकम लेखनाथ क्षेत्रमा खर्च गरिसकेको वताउदै लेखनाथमा चिडियाखाना बाट शुरु गरि विभिन्न विद्यालय हुँदै आफ्नै जग्गा खरिद गरि आवाशिय छात्राबास निर्माणको चरणमा पुगेको बताए ।


त्यस्तै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त पौडेलले यूनाइटेड क्लबले विद्यालयको नयाँ सेसन शुरु हुने वेलामा विद्यालयमा अध्ययनरत विद्यार्थी हरुलाई आवश्यक रहेको शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।


विद्यालयका प्रध्यानाध्यापक गुरु प्रसाद सापकोटाले गरिबका छोराछोरी अध्ययन गर्ने सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री प्रदान गरि यूनाइटेड क्लबले ठुलो सहयोग गरेको बताउदै सामुदायिक विद्यालयलाई सहयोग दाता नपाएको खण्डमा विद्यार्थी लाई पढाउन गार्हाे हुने बताए ।


सो अवसरमा बोल्दै यूनाइटेड क्लबका प्रथम उपाध्यक्ष तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक गणेश तिमिल्सिनाले यूनाइटेड क्लबले स्थापना कालदेखीनै वार्षिकोत्सवको अवसरमा सप्ताहब्यापी कार्यक्रम गर्दै आइरहेको र यो पटक लेखनाथको अर्चलेमा रहेको कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी शैक्षिक सामाग्री वितरण गर्न पाउदा खुसी लागेको बताए ।


सो अवसरमा पोखरा महानगरपालिका २७ बस्ने महेन्द्र पौडेल र उनका आमा देवी माया पौडेलको नाममा स्वर्गीय वुवा माधव प्रसाद पौडेको सम्झनामा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष र यूनाइटेड क्लबका सल्लाहकार रमेश बहादुर कार्की एवं बुहारी सुमित्रा कार्कीले स्वर्गीय बुवा पूर्व प्रधानपन्च रुद्र बहादुर कार्कीको सम्झनामा ५१ हजार  १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन ।


अक्षयकोषको रकम हस्तान्तरण गर्दै पोखरा २७ का महेन्द्र पौडेलले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको शैक्षिक स्तरोन्नतीको लागि केही गर्नुपर्छ भनेर आफ्नो वुवाको सम्झनामा अक्षयकोष स्थापना गरेको बताए । 


त्यस्तै अर्का अक्षयकोष दाता रमेश बहादुर कार्कीले अर्चलेमा आफु विभिन्न कामको शिलशिलामा आउदा विद्यालयको वारेमा जान्ने बुझ्ने मौका पाएको र पुरानो विद्यालय भएतापनि अर्चलेका मानिसहरु शहर बसाइ सर्ने र गांउको विद्यालयको लागि कोही कसैले सहयोग गरेको नपाएपछि उनीहरुलाई झक्झक्याउनका लागि अक्षयकोष स्थापना गरेको बताए । आफ्नो ठांउको हरेक क्षेत्रको बिकासको लागि आफुहरुनै लाग्नुपर्ने अर्काको आश भरोसा गर्न नहुने बताउदै अर्चले बासीले पुरानो ऐतिहाँसिक विद्यालयको संरक्षणमा लाग्न समेत उनले आग्रह गरे ।


यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले सरकारले विदेशमा जसरी सामुदायिक विद्यालयमा चासो दिएको खण्डमा कोही कसैको आस भरोसा नगरी सामुदायिक विद्यालयहरु सञ्चालन हुने वताउदै सरकारी निकायले यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।


 

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्...

थप पढ्नुहोस्

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्