पोखरामा अवैध रुपमा माटो ओसारपोसार गर्ने ४ वटा टिप्पर नियन्त्रणमा
पाेखरा | बैशाख ३, २०८१
पोखरा: पोखरामा स्वीकृति बिना नै माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरलिे नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा पामेबाट माटो लिएर राष्ट्रबैंकचोकतर्फ आउँदै गरेको ४ वटा टिप्परलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं. को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएको टिप्परहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

