दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
पाेखरा | बैशाख ३, २०८१
पोखरा: दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो ।
पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका स्टेशन म्यानेजर भइसकेका छन् ।
गण्डकी न्यूजका संस्थापक सम्पादक अधिकारीले आदर्श समाज दैनिक, कास्की आवाज दैनिक, गोलनेपाल डटकम, एभिन्यूज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् ।
इतिहास, व्यवस्थापन र आमसञ्चारका विद्यार्थी अधिकारी अहिले गण्डकी प्रदेश प्रमुखको प्रेस संयोजन गर्दै आएका छन् । उनी खेलकुद पत्रकार मञ्च, गण्डकीका सल्लाहकार, अनलाइन पत्रकार संघ, गण्डकीका सल्लाहकार, प्रेस चौतारी कास्कीका सचिव छन् ।
पोखराकै पहिलो पत्रकार जगन्नाथ सिग्देलको स्मृतिमा स्थापित जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार २०७४, यातायात पत्रकारिता पुरस्कार २०७३ लगायत अन्य संघसंस्थाबाट अधिकारी सम्मानित एवं पुरस्कृत भइसकेका छन् ।
यही वैशाख ८ गते, पोखरा उद्योग वाणिज्य संघ सभाहलमा अवार्ड समारोह हुने आयोजक संस्थाका अध्यक्ष ऋषिराम दाहालले जानकारी दिए । उनका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ ।
अवार्डका विभिन्न २६ विधामा १ सय ३० जना संगीतकर्मी मनोनयनमा परेका छन् । हरेक विधाका ५ मनोनयनमध्ये सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ । राष्ट्रिय संगीत अवार्डमा आधुनिक, राष्ट्रिय गीत, लोकदोहोरी गीत तथा भाषाभाषीका गीतलगायतका विधाहरु समावेश गरिएको छ ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

