‘दिगो सहरहरूमा आजीवन शिक्षा’ विषयक एकहप्ते प्रशिक्षण सम्पन्न
पाेखरा | असार १८, २०७९
पोखरा : पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर ‘दिगो सहरहरूमा आजीवन शिक्षा’ विषयक एकहप्ते प्रशिक्षण सम्पन्न भएको छ ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा सञ्चालित प्रशिक्षणमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ, मध्यनेपाल नगरपालिका एवं विभिन्न अनुसन्धान एवं प्राविधिक परामर्शदाता इञ्जिनियर एवं आर्किटेक्ट गरी २३ को उपस्थिति थियो ।
प्रशिक्षण अवधिमा प्रशिक्षार्थीलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य तथा उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो ।
साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौती, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो सहर र प्रकार, कम कार्बन सिटी/हरित सहर/स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन/आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीलाई प्रस्तुतीकरण गरिएको थियो ।
नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पुलिङ, दिगो पानी आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यको विषय समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षकमा योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका उप–प्रा एवं विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षण दुईदिन भौतिक उपस्थिति र पाँच दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो ।
कार्यक्रमको समापन समारोहमा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा डा दीपकबहादुर भण्डारी, विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक उप–प्रा ओम प्रकाश गिरी, योजनाकार एवं त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका सह–प्रा डा सञ्जय उप्रेती, नेपाल इञ्जिनियरिङ एशोसिएशनका गण्डकी प्रदेश सदस्य इञ्जिनीयर रवीन्द्रलाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

