तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस: सारालाई दोहोरो उपाधि, यू–१६ मा सुनिरा च्याम्पियन

पाेखरा | चैत २५, २०८०

तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस: सारालाई दोहोरो उपाधि, यू–१६ मा सुनिरा च्याम्पियन

पोखराः     तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् ।


कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा यू–१० तर्फ सारा पन्तले जिवाश्री भट्टराईलाई ६–०, ६–३ ले र यू–१२ तर्फ अनुश्री धोजुलाई ६–२, ६–३ ले पराजित गरेकी हुन् । विजेता बनेकी साराले यू–१२ उपाधि संगै नगद रु १० र यू–१२ तर्फ नगद रु ५ हजार र यू–१० की उपविजेता जीवाश्रीले नगद रु २ हजार ५ सय र यू–१२ की उपविजेता अनुश्रीले नगद रु ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।


१९ औं एसियाली खेलकुदमा समेत सहभागी रहेकी सुनिरा थापाले यू–१६ गर्ल्स सिंगल्समा दिव्यता भण्डारीलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै  च्याम्पियन बनेकी छन् । नेपाल ¥याकिङ नं २ खेलाडी थापाले नगद रु २० हजार र दिव्ताले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।


शनिबार सम्पन्न ६ वटा विभिन्न उमेर समुहका फाइनल खेल मध्ये यू–१० व्वाइज सिंगल्सतर्फ निश्चल ज्ञवालीले अर्याशराज पौडेललाई ७–६, ५–४ ले पराजित गरी उपाधि जिते । निश्चलले नगद रु ५ हजार हात पार्दा उपविजेता अर्याशले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।


त्यसै गरी यू–९ गर्ल्स सिंगल्समा ताभिसी रानाले नैरा छोदेन गुरुङलाई ५–३, ४–२ ले पराजित गरी च्याम्पिनि बनिन् । उनले नगद रु ५ हजार हात पार्दा उपविजेता नैराले नगद रु २ हजार पाँचसयका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् ।


त्यस्तै गर्ल्स ओपन डबल्सतर्फको फाइनलमा शाल्भी शेरचन र आरुषी तुलाचनको जोडीले शरिषा शेरचन र गरिष्मा गुरुङको जोडीलाई सुपरटाई ब्रेकमा १–६, ६–४ ९१०–७०ले पराजित गरेका छन् । उपाधि बिजेता शाल्भी र आरुषीको जोडीले नगद रु २० हजार र उपविजेता शरिषा र गरिष्माले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।


यता ब्वाइज ओपन डबल्सतर्फ दर्शिल श्रेष्ठ र शास्वत बज्रचार्यको जोडी र एड्रिन र स्पन्दन उदासको जोडीले फाइनलमा स्थान पक्का गरेका छन् । दर्शिल र शास्वतले यूवेन र विश्व विशेषलाई ६–०, ६–१ ले र अड्रिन र स्पन्दन उदासको जोडीले सन्दिप विक र डोजन गुरुङको जोडीलाई ६–०, ६–३ ले सेमीफाइनलमा पराजित गरे ।


यस्तै यू–१६ ब्वाइज सिंगल्सको फाइनलमा दर्शिल र सृजन भट्टराई आमने सामनो हुनेछन् । यू–१४ ब्वाइज सिंगल्समा डोजन गुरुङ र सन्दिप विक भिड्नेछन् । डोजनले सेमीफाइनलमा प्रफुल्ल श्रेष्ठलाई टाइव्रेकमा ६–७, ६–४ र ६–३ ले पराजित गर्दा सन्दिपले स्पन्दन उदासलाई ६–१, ६–२ को सोझो सेटमा पाखा लगाएका थिए । त्यसै गरी  यू–१४ गर्ल्सतर्फ शाल्भी शेरचन र शरिसा शेरचनको जोडी फाइनलमा पुगे ।


यू–१२ ब्वाइज सिंगल्सतर्फ विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल फाइनलमा पुग्दा यू–९ ब्वाइजतर्फ इभान भट्टराई र कायान चालिसे  तथा यू–८ ब्वाइज सिंगल्समा कायान र जिवाश विक्रम भट्टराईको जोडी फाइनलमा पुगे ।


प्रतियोगितामा यू–१२ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले जनही नगद रु १० हजार तथा उपबिजेताले जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् । यू–१४ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु १५ हजार, उपबिजेताले समान जनही नगद रु ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।


यू–१६ ब्वाईज तथा गर्ल्स सिंगल्स बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजार तथा ब्वाईज तथा गर्ल्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद रु २० हजार उपबिजेताले समान जनही नगद रु १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।


प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुनेछ । प्रतियोगितालाई कुमार श्री मोहन बहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले विगत तीन वर्ष देखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गरेका हुन् ।

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३&ndas...

थप पढ्नुहोस्

सोलुखुम्बु :   हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोल...

थप पढ्नुहोस्

काठमाडौंः   सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...

थप पढ्नुहोस्