हस्तकला उद्योगमा पोखरा र ललितपुरको सहकार्य

पाेखरा | चैत २१, २०८०

हस्तकला उद्योगमा पोखरा र ललितपुरको सहकार्य

पोखरा:    पोखरा र ललितपुर उद्योग वाणिज्य सङ्घबीच पर्यटन तथा हस्तकला उद्योगमा सहकार्यको सहमति भएको छ ।


अध्ययन  भ्रमणका क्रममा मङ्गलबार पोखरा आएको ललितपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँगको छलफलमा पर्यटन तथा हस्तकला उद्यममा सहकार्य गर्दै व्यावसायिक साझेदारी बढाउने सहमति भएको हो ।


हालै पर्यटनको राजधानी घोषणा भएको पोखरा देशको प्रमुख पर्यटकीय गन्तव्य हो भने नेपालबाट निर्यात हुने ८० प्रतिशत हस्तकलामका सामग्री उत्पादन हुने ललितपुलाई विश्व हस्तकला सङ्घले हस्तकलाको राजधानी घोषणा गरेको छ ।


पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष  गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य सङ्घले यहाँको शिक्षा, स्वास्थ्य र पर्यटन विकासका क्षेत्रमा विशिष्ट योगदान गरेको बताउनुभयो ।


पोखरा उद्योग वाणिज्य सङ्घ व्यापारीको संस्थामात्र नभएर सामाजिक जागरण र विकासको अभियन्ता भएको बताउँदै सङ्घले उहाँले हस्तकलासहितका मौलिक नेपाली उत्पादनको बिक्री र प्रदर्शनी गर्न कोसेलीघर निर्माणको अभियान थालेको उल्लेख गर्नुभयो । यस अभियानमा ललितपुरसँग सहकार्य गरिने उहाँले बताउनुभयो ।


ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वलाल बज्राचार्यले हस्तकलाका लागि ललितपुर प्रख्यात रहे पनि पुरानो पुस्ताको सीप नयाँ पुस्तामा हस्तान्तरण नहुँदा समस्या भएको बताउनुभयो । सङ्घले सीप हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । 


पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्यतर्फका उपाध्यक्ष उत्तमान बुद्धाचार्य, महासचिव बलराम आचार्य, ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष मनोजबहादुर न्याचुन, सर्जना श्रेष्ठ, सुजन बज्राचार्यलगायत सहभागीले व्यावसायिक साझेदारीले व्यवसाय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्