सामूहिक उद्यम गरेमा वडा कार्यालय थप सहयोग गर्ने: अध्यक्ष बास्तोला
पाेखरा | चैत २०, २०८०
पोखरा: पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयका अध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालय थप सहयोग गर्ने जनाएका छन् ।
महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दा प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले थपे तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ ।
उनले महिला दिदीबहिनीको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।
प्रशिक्षार्थी सुनिता कोइरालाले एक महिनाको हस्तकला सिप सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन । तालिम अवधि मै दर्जन बढी सामग्री तयार हुँदा खुशी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन ।
प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सिप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।
गत फागनु १४ गतेदेखि वडा कार्यालयले सञ्चालन गरेको १ सय २० घण्टाको एक महिने हस्तकला तालिममा वडाभित्रबाट छनौट भएका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामाग्री तयार गरेका थिए ।
वडा सदस्य एवम् तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा सम्पन्न तालिम समापनमा सदस्य गुमादेवी परियाले स्वागत मन्तव्य राखेकी थिइन भने सदस्य शान्तबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

