१ महिनादेखि बेपत्ता छिन् फूलबारीकी मिल्का पुर्जा
खोजिदिन परिवारको आग्रह
पाेखरा | चैत १८, २०८०
पोखरा: पोखरा महानरपालिका ११ की युवती एक महिनादेखि बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा पोखरा महानगरपालिका ११ फूलबारीकी १७ वर्षीया मिल्का पुर्जा रहेकी छिन् ।
कास्की प्रहरीका अनुसार मिल्का गत फागुन ११ गतेदेखि पारिवारिक सम्पर्क बाहिर छिन् ।
उनी घर परिवार तथा आफन्तलाई जानकारी नगराई सम्पर्क बाहिर पुगेपछि परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजिदिन भन्दै निवेदन दिएका थिए ।
सोही निवेदनमा उल्लेखीत हुलियाका आधारमा प्रहरीले खोजिकार्य तिब्र पारेको जनाएको छ ।
उनलाई भेटिएको खण्डमा नजिकैको प्रहरी कार्यालय वा ९८५६०१००३३ मा सम्पर्क गर्न कास्की प्रहरीले बताएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

