हेमजामा चैत २५ देखि आलु महोत्सव, ८० टन आलुको पहाड बनाइँदै

पाेखरा | चैत १८, २०८०

हेमजामा चैत २५ देखि आलु महोत्सव, ८० टन आलुको पहाड बनाइँदै

पोखरा:   पोखरा महानगरापालिका–२५ हेमजामा सञ्चालन हुने १२ औं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।  


विष्णु पादुका क्लबको आयोजनामा चैत २५ देखि बैशाख ५ गतेसम्म सञ्चालन हुने १२ औं आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महासचिव बसन्तकुमार श्रेष्ठले बताए । 


‘हेमजामा यही चैत २५ देखि बैशाख ५ गतेसम्म १२ औं संस्करणको आलु महोत्सव आयोजना गर्दै छौं, आलु महोत्सव सफल बनाउन तयारी तीव्र पारिरहेका छौं’, महासचिव श्रेष्ठले भने, ‘ महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिरहेका छौं ।’


क्लबका महासचिव श्रेष्ठलेविशुद्ध हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताए ।


उनले यस वर्षको महोत्सव मार्फत बचत हुन आउने रकमबाट क्लवको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेमजालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महत्वपूर्ण रहेको औंल्याए । 


पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिदैं आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताए ।


उनले उन्नत विउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकलाई ध्यानाकर्षण गराए ।

    
महोत्सवमा १ सय ४०  स्टल मध्ये ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको कारोवार हुने तथा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।


महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।


महोत्सवका लागि सदाझै यस वर्ष पनि ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ ।


हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।
 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्