टी–२० शृङ्खलामा आज नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबिच दोस्रो खेल खेल्दै
काठमाडाैं | चैत १७, २०८०

काठमाडौं: काठमाडौंको कीर्तिपुरमा जारी टी–२० शृङ्खला अन्तर्गत आज नेपालले आयरल्यान्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ‘ए’ आयरल्यान्ड उल्भ्ससँगे २१ रनले पराजित भएको थियो । लोकश बमको सतकीय पारिका बाबजुद नेपाल पराजित भएको हो । बमले विस्फोटक ब्याटिङ गर्दै १०६ रनको सतकीय पारि खेले पनि जित दिलाउन त्यो पर्याप्त भएन ।
शुक्रबार जितका लागि २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमा समेटियो।
सिरिज अन्तर्गतको दोस्रो खेलमा आज नेपाल आयरल्यान्डलाई हराउनै पर्ने दबाबमा छ ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...
पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...