एमाले कास्कीको अधिवेशन: आज साढे १ बजेदेखि मदतान
पाेखरा | चैत १३, २०८०
पोखरा: नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन पोखरा समागृहमा जारी छ ।
नयाँ नेतृत्वका लागि सहमति जुटाउने प्रयासभएपनि संभावना नदेखिएपछि आज (मंगलबार) दिउँसो साढे १ बजेदेखि मतदान हँुदैछ ।
आज हुने चुनावमा पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङको प्यानल खडा गरेरै चुनावी मैदानमा उत्रिएका छन् ।
यद्यपी गुट उपगुट नभएको भन्दै यसलाई प्रजातान्त्रिक पद्धतीको परिभाषा दिइएको छ । तर यो चुनाव दुई गुटबीच हुँदैंछ । जसलाई केआर र पिएस नामबाट सम्बोधन गर्ने गरिएको छ ।
के आर समूहबाट अध्यक्ष पदका लागि बैन बहादुर क्षेत्री चुनावी मैदानमा छन् भने पिएस गुटबाट माधव बास्तोलाले टक्कर दिदैंछन् ।

यस्तै सचिवमा के आरको समूहबाट लेख बहादुर (दर्शन) लामा तामाङ उम्मेदवार छन् भने पिएस समूहबाट सुरेन्द्र गुरुङ उम्मेदवार छन् ।
विद्युतीय मेसिनबाट मतदान गराउने तयारी रहेको निर्वाचन कमिटीले जनाएको छ ।
१ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नका लागि कुल ९ सय ३५ जना प्रतिनिधिले मदतान गर्नेछन् ।
यस्तो छ प्रचार समाग्री:-
बैन बहादुर क्षेत्री

दर्शन लामा

माधव बास्तोला

सुरेन्द्र गुरुङ
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

