गण्डकीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
काठमाडाैं | चैत ९, २०८०

काठमाडौं : तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ ।
तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल २५–१९, २७–२५, २५– १९ ले विजयी भएको हो ।
पहिलो सेटमा हेल्प नेपालले सहज जित हात पारेको थियो ।
दोस्रो सेटको सुरुवातमा गण्डकीले अग्रता लिएको थियो । दुई अंकले पछि परेको अवस्थामा हिमाल सुनारी र रवि केसीले अंक जोड्दै खेलमा फर्काउदै १६–१६ बराबरी गरेका थिए । तर टाउम आउट लिएपछि हेल्प नेपालले ४ अंक जोडेपछि गण्डकीलाई कठिन देखिएको थियो ।
तर गण्डकीले अन्तिम समयमा लगातार चार अंक बटुलेपछि खेल २४–२४ को रोमान्चक बराबरीमा पुगेको थियो । तर हेल्प नेपालले २७–२५ ले जित्दै सेटमा २–० को अग्रता लिएको थियो ।
तेस्रो सेटको सुरुवात पनि प्रतिस्पर्धात्मक थियो । १२ बराबरबाट हेल्प नेपालले लगातार पाँच अंक जोडेपछि सोझो सेटमा जित तर्फ अघि बढेको थियो ।
दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । उक्त खेलको विजेतासँग हेल्प नेपालले शनिबार फाइनल खेल्नेछ ।
आज महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपीएफ क्लबले न्यू डायमण्डलाई ३–१ ले हराएको हराएको थियो ।
एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ को जित हात पारेको थियो । महिला र पुरुषतर्फ दुबै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...