कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल: उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने
पाेखरा | चैत ९, २०८०

पोखरा: पोखराको बाराहीघाटमा जारी पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलो भिड्ने भएका छन् ।
शुक्रबार बिहान सम्पन्न भएको सेमिफाइनल खेलमा जीत निकाल्दै गार्डेन एफसी र लेकसाइड पहेंलोले फाइनलमा भेट पक्का गरेका हुन् ।
सेमिफाइनल खेलमा गार्डेन एफसीले गण्डकी स्पोर्टस्लाई ३–२ गोलले पराजित ग¥यो । गार्डेनको जतिमा बिनोद गुरुङले २ र राजु गुरुङले १ गोल गरे । यस्तै गण्डकी स्पोर्टस्का सुरज छन्त्याल र मिजमान गुरुङले १/१ गोल गरेपनि टोलीको जीत जोगाउन सकेनन् ।
यस्तै अर्को सेमिफाइनलमा लेकसाइड पहेंलोले एनए भेट्रान लेकसाइडलाई १–० गोलले पराजित गर्दै फाइनल प्रवेश ग¥यो । लेकसाइड पहेंलोको जीतमा मीलि गुरुङले निर्णायक गोल गरे ।
उपाधिका लागि गार्डेन एफसी र लेकसाइड पहेंलोबीच आज (शुक्रबार) दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा हिजो (बुधबार)देखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।
सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...