राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ मै हुने, कांग्रेसको प्रस्ताव अस्वीकृत
काठमाडाैं | फागुन २७, २०८०
काठमाडौं: नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ । आइतबार राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।
यसअघि नै सो निर्वाचनको समय तय भएकोले निर्धारित मिति अर्थात फागुन २९ गते नै अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
कांग्रेसले आफ्नो दलसँग सल्लाह नगरी चुनावको मिति राखिएको बताउँदै केही पछि सार्न माग गरेको थियो ।
अध्यक्षका लागि भोलि उम्मेदवारी दिनुपर्ने कार्यतालिका रहेपनि राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो भने लगाइसकेका छैनन् ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

