हरियोखर्क अस्पतालमा आधारभूत कुष्ठरोग तालिम

पाेखरा | फागुन २४, २०८०

हरियोखर्क अस्पतालमा आधारभूत कुष्ठरोग तालिम

पोखरा:   हरियोखर्क अस्पतालमा ३ दिने आधारभूत कुष्ठरोग तालिम प्रदान गरिएको छ ।


सामुदायिक आउट रिच परियोजना हरियोखर्क अस्पताल आइ एनएफ नेपाल र स्वास्थ्य कार्यलय कास्कीको आयोजनामा कार्यक्रम भएको परियोजनाका आउट रिच म्यानेजर ताराहाङ तावाले जानकारी दिए।


समुदायका कुष्ठरोग पत्ता लागाउने,उपचार गर्ने,अपाङ्गता हुनबाट बचाउने र समयै उपचार गराउन स्वस्थ्यकर्मिहरुलाई सहजता होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको तावाले बताए ।


फागुन २२ बाट २४ गते सम्म आयोजना भएको तालिमा क्षयकुष्ट फोकल पर्सनहरु कास्की जिल्लाका २० ,कपिलवस्तुका ५ र हरियोखर्क अस्पतालका ७ जनाको सहभागिता रहेको थियो । 


जिल्ला स्वास्थ्य कार्यलय कास्कीका प्रमुख रामबहादुर नेपालीले तालिमले स्वास्थ्कर्मीहरुलाई समुदायमा क्षय,कुष्ठरोग पत्ता लगाउन सहयोग पुग्ने बताए ।तालिमबाट प्राप्त ज्ञानलाई उपयोग गर्न उनको आग्रह थियो ।


तालिम सहजकर्ताहरु कास्की जिल्लाका क्षयकुष्ठ अधिकृत लक्ष्मण बस्यौला,आइ एनफए हरियोखर्कका डा.सुमन तामाङ्ग,स्वास्थ्य तालिम केन्द्र गण्डकीका निमित्त महानिर्देशक रमेश प्रसाद अधिकारी,छाला रोग बिशेषज्ञ डा.नम्रता बस्नेत,प्रकाश कार्की,रमेश शर्मा,सुरज महर्जन,शारदा रानाभाट,फिजियो थेरापिष्ट सुरविर सुर्यवस्ती,प्रेम बस्याल,काउनसिलर रुथ परियार,अकुपेशन थेरापिष्ट दोरोथी दास लगाएत रहेका थिए ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्