गण्डकीमा केन्द्रको असर: माओवादीका सांसदलाई पोखरा नछाड्न सर्कुलर

पाेखरा | फागुन २२, २०८०

गण्डकीमा केन्द्रको असर: माओवादीका सांसदलाई पोखरा नछाड्न सर्कुलर

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न भन्दै सर्कुलर गरेको छ ।

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेसँगै समर्थन फिर्ता लिने अवस्था हुने बताउदै प्रदेश सांसदहरुलाई पोखरामै रहन सर्कुलर गरेको हो ।

 

प्रमुख सचेतक कुसुम बुढामगरले दलको आकास्मिक बैठक बस्नुपर्ने  अवस्था भएकाले माओवादी केन्द्रका प्रदेश सांसदहरुलाई पोखरा नछाड्ने सर्कुलेसनभइसेको बताइन् ।

 

‘समर्थन फिर्ता लिने विषयबारे आकस्मिक बैठक जतिबेला पनि बस्नुपर्ने हुन्छ आजै या भोलि, प्रमुख सचेतक बुढामगरले भनिन्, ‘त्यसैले हाम्रो माननीयहरुलाई पोखरा नछाड्ने भनेर अनुरोध गरिएकाेछ ।’

 

उनले समर्थन फिर्ता आजै या भोलि लिने भन्ने विषयमा भने टुंगो ​नलागेको बताइन् । ‘मुख्यमन्त्रीले आफ्नो अधिकार फिर्ता लिन पाउनु हुने भो, बर्खास्त गरेपछि समर्थन फिर्ता लिनुपर्ने हुन्छ तर त्यो आजै पनि हुन सक्छ भोलि पनि हुन सक्छ आकस्मिक बैठकपछि मात्रै टुंगो लाग्छ,’ उनले भनिन् । 

 

केन्द्रमा नयाँ सत्ता समिकरण बनेपछि गण्डकीमा मुख्यमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेर दुवै मन्त्रालय आफु मातहत राखिसकेका छन् ।

 

नयाँ गठबन्धन बनिसकेपछि केन्द्रमा हिजै हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्