गण्डकीमा केन्द्रको असर: माओवादीका सांसदलाई पोखरा नछाड्न सर्कुलर
पाेखरा | फागुन २२, २०८०

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न भन्दै सर्कुलर गरेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेसँगै समर्थन फिर्ता लिने अवस्था हुने बताउदै प्रदेश सांसदहरुलाई पोखरामै रहन सर्कुलर गरेको हो ।
प्रमुख सचेतक कुसुम बुढामगरले दलको आकास्मिक बैठक बस्नुपर्ने अवस्था भएकाले माओवादी केन्द्रका प्रदेश सांसदहरुलाई पोखरा नछाड्ने सर्कुलेसनभइसेको बताइन् ।
‘समर्थन फिर्ता लिने विषयबारे आकस्मिक बैठक जतिबेला पनि बस्नुपर्ने हुन्छ आजै या भोलि, प्रमुख सचेतक बुढामगरले भनिन्, ‘त्यसैले हाम्रो माननीयहरुलाई पोखरा नछाड्ने भनेर अनुरोध गरिएकाेछ ।’
उनले समर्थन फिर्ता आजै या भोलि लिने भन्ने विषयमा भने टुंगो नलागेको बताइन् । ‘मुख्यमन्त्रीले आफ्नो अधिकार फिर्ता लिन पाउनु हुने भो, बर्खास्त गरेपछि समर्थन फिर्ता लिनुपर्ने हुन्छ तर त्यो आजै पनि हुन सक्छ भोलि पनि हुन सक्छ आकस्मिक बैठकपछि मात्रै टुंगो लाग्छ,’ उनले भनिन् ।
केन्द्रमा नयाँ सत्ता समिकरण बनेपछि गण्डकीमा मुख्यमन्त्रीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्री सुशील सिम्खडालाई बर्खास्त गरेर दुवै मन्त्रालय आफु मातहत राखिसकेका छन् ।
नयाँ गठबन्धन बनिसकेपछि केन्द्रमा हिजै हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई विना विभागीय मन्त्रीका रुपमा सपथ लिइसकेका छन् ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रम...
पोखरा: गण्डकी प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले दिउँसो १ बजे प्रदेश सभामा नीति तथा कार्यक्रम ...
काठमाडौं: सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक बर्ष २०८२/८३ क...