रास्वपाले बुझायो पोखरा महानगरलाई ४ बुँदे ध्यानाकर्षण पत्र

पाेखरा | फागुन २१, २०८०

रास्वपाले बुझायो पोखरा महानगरलाई ४ बुँदे ध्यानाकर्षण पत्र

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा महानगरपालिकामा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाका सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेललेको नेतृत्वमा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।


ध्यानाकर्षण पत्रमा सार्वजनिक सम्पत्तिको खोजी गरी महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्न, अवैध अतिक्रमण र भोगचलन गरिएको भए ति ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यवसायिक प्रयोजनमा लगाउँदा प्रतिस्पर्धाका आधारमा कर तथा भाडाको दायरामा ल्याउन आग्रह गरेको छ । 


यस्तै पोखरालाई ‘ग्रिन सिटी’का रुपमा विकास गर्न भन्दै महानगरले अव बन्ने सबै भवन÷संरचनामा हरियो रङ लगाउने नीति ल्याएको भन्ने विषयमा सञ्चार माध्यममा आएका हुँदा यसको सत्यतामा स्पष्ट पार्न ध्यानाकर्षण बुझाएको उल्लेख गरिएको छ । 


राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य पौडेलको नेतृत्वमा प्रदेश महामन्त्री नविन त्रिपाठी, रास्वपा क्षेत्रीय सभापति लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्