रास्वपाले बुझायो पोखरा महानगरलाई ४ बुँदे ध्यानाकर्षण पत्र
पाेखरा | फागुन २१, २०८०
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरा महानगरपालिकामा ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाका सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेललेको नेतृत्वमा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा सार्वजनिक सम्पत्तिको खोजी गरी महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्न, अवैध अतिक्रमण र भोगचलन गरिएको भए ति ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यवसायिक प्रयोजनमा लगाउँदा प्रतिस्पर्धाका आधारमा कर तथा भाडाको दायरामा ल्याउन आग्रह गरेको छ ।
यस्तै पोखरालाई ‘ग्रिन सिटी’का रुपमा विकास गर्न भन्दै महानगरले अव बन्ने सबै भवन÷संरचनामा हरियो रङ लगाउने नीति ल्याएको भन्ने विषयमा सञ्चार माध्यममा आएका हुँदा यसको सत्यतामा स्पष्ट पार्न ध्यानाकर्षण बुझाएको उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य पौडेलको नेतृत्वमा प्रदेश महामन्त्री नविन त्रिपाठी, रास्वपा क्षेत्रीय सभापति लगायतको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

