पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पाेखरा | फागुन १९, २०८०

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु सांकेतिक तस्वीर

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

उनीहरुको शवलाई पोष्टमार्टमको लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्