सेती नदीमा चार दिनदेखि बेपत्ता तामाङ मृत फेला
पाेखरा | फागुन १८, २०८०
पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चारदिनपछि मृत फेला परेका छन् । आइतबार बेलुका देखि नदीमा बेपत्ता भएका तामाङलाई शुक्रबार बिहान पोखरा–१५ पट्नेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गएको आइतबार पोखरा–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनीसँगै २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका मंगा तामाङलाई भने सोही दिन प्रहरीले मृत फेला पारेको थियो ।
प्रहरीले नदीमा बेपत्ता भएका तामाङलाई बिहीबार सेती नदीको ड्याम खोलेर समेत खोजतलाज गर्दा भेटाउन सकेको थिएन । आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सार्की लामा तामाङ बेपत्ता भएका थिए ।
नदीमा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल रहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

