पोखरा स्पोर्ट्स अवार्डमा राखेपले सहयोग गर्ने
पाेखरा | फागुन १८, २०८०
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने भएको छ । मञ्चको टोलीसँगको भेटमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष दीननाथ बरालले बताए ।
अवार्ड कार्यक्रममा सहयोग जुटाउन उद्धेश्यले मञ्चको टोली काठमाडौं पुगेको थियो । अध्यक्ष बराल, सदस्य राजु गिरी सहितको टोलीसँगको भेटमा सदस्य सचिव घिसिङले पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउनका लागि आफ्नो र राखेपको साथ रहने बताएका थिए ।
मञ्चले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरिसकेको छ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको महासचिव राजाराम पौडेलले जनाए ।
अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव पौडेलले जनाए ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । थप सहयोगी जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

