कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिदै
पाेखरा | फागुन १७, २०८०
पोखरा: कास्की कारागार ब्लक ‘ख’ को मुहार फेरिएको छ । आन्तरिक प्रशासन प्रमुख(चौकिदार)को जिम्मा पाएका नशिप गुरुङले कैदी बन्दीको निम्ति आवश्यक पर्ने भौतिक संरचना निर्माणको काम तिव्र गतिमा अघि बढाएका हुन् ।
२०८०÷८१ सम्म यस ब्लकको चौकिदारको रुपमा नेतृत्व लिएका गुरुङले मुडा एरिया व्यवस्थापन तथा चिम्नी निर्माण, खेलकुद मैदानमा बस्ने पेटी निर्माण, मेस एरिया ढलान तथा व्यवस्थापन, पुल हाउसमा ट्रष्ट निर्माण, पोट हाउस एरियामा ढलान निर्माण, कारागार कार्यालय ‘ख’ ब्लक भित्र रंगरोगन, बाथरुम तथा शौचालय मर्मत सम्भार कार्य सम्पन्न गरेका छन् ।
आफ्नो जिम्मेवारी पूरा गर्न आफू र आफ्नो टिम दिनरात नभनी खटिएको आन्तरिक प्रशासन प्रमुख(चौकिदार) गुरुङले बताए । ‘कैदी बन्दीलाई आवश्यक पर्ने संरचना लगायत अन्य सबै सेवा सुविधाको लागि हामी लागि परेका छौ,’ गुरुङले भने, ‘नियमित कार्य वाहेक अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सबै संरचना हुन पर्छ भन्ने हाम्रो सोच हो ।’ आफ्नो कार्यकालमा कैदी बन्दीहरुको लागि आवश्यक थप संरचनाहरु तयार गर्ने योजनासाथ आफू र आफ्नो टिमको योजना रहेको गुरुङले सुनाए ।
यससँगै गुरुङले कैदी बन्दीको स्वास्थ्यको निम्ति नयाँ जिम हाउस निर्माण गर्ने काम लागि अघि बढाएको आन्तरिक प्रशासन प्रमुखका विशेष सल्लाहकार विनोद भुसालले जानकारी दिए ।
स्वास्थ्य भनेको मानिसको सबै भन्दा ठूलो सम्पती रहेको हुनाले कैदीबन्दीको पनि स्वास्थ्यलाई ख्याल गर्दै नयाँ जिम हाउस निर्माण थालिएको भ्ुसाालको भनाई छ । ‘कैदी बन्दीहरुलाई आफन्तजनहरु दिएको खर्च अलिअलि बचत तथा श्रमदान गरे जिम हाउस निर्माण हुदैछ,’ भुसालले भने, ‘भवन मात्र नयाँ होइन जिम हाउसमा आवश्यक पर्ने सामाग्री पनि नयाँ प्रविधिकै ल्याउने तयारीमा छौ ।’ भुषालका अनुसार यही फागुन भित्र जिम हाल तयार हुनेछ । निर्माण सुधारमा बजेट न्यून विनियोजन भएर आएको अवस्थामा आन्तरिक प्रशासनको पहलबाटै मर्मत सुधार भएको कारागार प्रशासनले समेत बताएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

