‘अरुको भाग खोस्न होईन गुमेको अधिकार खोज्न मगर संगठित भएको हो’

बाग्लुङ | फागुन १६, २०८०

‘अरुको भाग खोस्न होईन गुमेको अधिकार खोज्न मगर संगठित भएको हो’

बागलुङ:    नेपाल मगर संघका केन्द्रीय सह-अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको अस्तीत्व र अधिकार खोजीका लागि संगठित भएको बताएका छन् । 


नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले मंगलबार बागलुङमा आयोजना गरेको नेपाल मगर संघको ४२ औं स्थापना दिवस तथा मगर दिवस २०८० को अवसरमा आयोजा गरेको बृहत सभालाई सम्बोधन गर्दै उनले राज्यले नियोजित रुपमा पछाडि पारेको मगर समुदाय आफ्नो अधिकारका लागि एकतावद्ध हुनु आवश्यक रहेको बताए ।


 ‘हामीले समानुपातिक समावेशीताको कुरा उठाउँदै गर्दै बाहुन क्षेत्री वा अरु कुनै जातिलाई अधिकार नदेउ भनेको होईन, नेपालको कुल जनसंख्याको ७ प्रतिशत मगर जातिलाई जातिय जनसंख्याको आधारमा अधिकार देउ र आफै प्रतिस्पर्धा गर्ने वाताबरण निर्माण गर्ने अवस्था सिर्जना गर भनेका छौं,’उनले भने,‘अहिले पनि मगर अधिकारको कुरा गर्दा ०.१ प्रतिशत मगरको प्रतिनित्वलाई देखाउने गरिन्छ । यसरी व्याखा गर्दा गलत हुन्छ ।’ मगर समुदायको गर्विलो इतिहासलाई इतिहासकारहरुले फिक्का बनाईदिएको उनको भनाई छ । 


‘हाम्रो गर्विलो इतिहास थियो, तर हाम्रो इतिहास लेख्न मगर समुदाय भित्रको मान्छे भएन अर्कैले इतिहास लेख्दा हाम्रो कुरा लेखिदिएन,’उनले भने,‘त्यसैले हामीले हाम्रो भाषा संस्कार संस्कृति र इतिहासको खोज  अब आफैले खोज्नुपर्छ भनेर संगठित भएका हौं ।’  उनले नेपालमा केही समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । मगर लगायतका जनजातिहरु राज्यको उत्पीडनका कारण पछाडी परेको बताउँदै जनजातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी रहेको बताए ।


 ‘हामी खुल्ला प्रतिस्पर्धा गर्न पनि तयार छौँ, तर राज्यको उत्पीडनका कारण मगर लगायतका जनजातिको संख्या राज्यको विभिन्न निकायमा न्यून छ,’ उनले भने,‘उत्पीडनमा परेका जातिको उत्थान गर्न निश्चित समयको लागि जातिय समानुपातिक प्रतिनिधित्व हुन जरुरी छ ।’ उनले पहिचान र अस्तीत्वलाई ख्याल नगरी संघियता निर्माण गरिएको र अहिले संघीयता असफल भयो भनेर हल्ला मच्चाएको उल्लेख गरे । ‘संघीयता असफल भयो कामै लागेन भनेर प्रचार गरिएको छ,’उनले भने,‘संघीयको मर्म अनुसार संघीयता काम नगर्दाको समस्या हो । हामी मगरलाई संघीयता सञ्चालन गर्ने अधिकार दिनुस् हामीले उदाहरण बनाएर देखाउँछौं संघीयता कस्तो हुन्छ ।’ 


नेपाल देश बनाउनका लागि सबैभन्दा ठूलो योगदान गरेको मगर समुदायलाई पछाडि पार्नका लागि नेपालका शासकहरु विगतमा नियोजित रुपमा मगरहरुको भाषा संस्कृतिमाथि हमला गरेको उनको भनाई छ । कसैको अस्तीत्व मेटाउनु छ भने पहिलो भाषा संस्कृतिमाथि आक्रमण गरे हुन्छ,’उनले भने,‘नेपालका शासकहरुले त्यो कुरा बुझेर मगरको भाषा र संस्कृतिमाथि आक्रमण गरे । हामी अहिले भाषा बोल्न नसक्ने भएका छौं । अब हामी आफै जुटेर भाषा संस्कृतिको संरक्षण गर्नु जरुरी रहेको छ ।’ नेपालको मगर समुदायले अंगिकार गरेको संस्कार संस्कृति अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान गराउने खालको भए पनि सरकारले त्यसको संरक्षण प्रवद्र्धनमा चासो नदेखाएको उनको भनाई छ ।


 ‘हामीले नाँच्ने गाउने कौडालाई अहिले दार्जिलिङबाट भारतले आफनो संस्कृति भनेर यनेस्कोमा दर्ता गर्दैछ, गुन्द्रुकमा अमेरिकाले कपी राईट लगाउनेवाला छ,’उनले भने,‘हामी भूमिपुत्रको अस्तीत्वलाई नामेट पार्न लागेको नेपालले एउटै संस्कृति दर्ता गरेको छैन । किनकी यी सबै मगर समुदायसंग सम्बन्धित थिए ।’ उनले नेपालका शासकहरुले पटक पटक मगरहरुको भाषा संस्कृति र रितीरिवाजमाथि आक्रमण गरेको उल्लेख गरे । मगर संघले अहिले मगरहरुको इतिहास र संस्कृतिबारे खोज गरिरहेको समेत जानकारी दिए ।  कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले मगरहरु सांस्कृतिक रुपमा असाध्यै धनि रहेको बताउँदै विदेशमा समेत नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।


 उनीहरुले पहिचानले जातिय सद्भाव नभत्किने उल्लेख गरे । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष श्यामबहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गगन पुन र सञ्चालन सहसचिव रेशम घर्तीमगर र सचिवालय सदस्य संगम घर्तीमगरले गरेका थिए । सभा हुनुपूर्व मगर संस्कार संस्कृति र भेषभुषा सहितको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो ।  


उक्त अवसरमा नेपाल मगर संघको प्रथम महाधिवेसनमा बागलुङबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित यामबहादुर श्रीस तत्कालिन केन्द्रीय प्रतिनिधिहरु पूर्ण श्रीस आले मगर, इन्द्रबहादुर थापामगर, नविनचन्द्र सर्वुजा मगर, डा. चिनबहादुर पुनमगर, ओमबहादुर थापामगर, डम्बरबहादुर श्रीसमगर, रमेश थापामगरलाई सम्मान गरिएको थियो । त्यसैगरी मगर समुदायमा जन्मेर पोखरा उच्च अदालत बागलुङ इजलासका न्यायाधिस यज्ञबहादुर राना, नेपाली सेनाका प्रमुख सेनानी श्रीमेहर गण घोडाबाँधे व्यारेकका गणपति धनबहादुर रानामगर, कृषि ज्ञानकेन्द्र बागलुङका बागबानी अधिकृत कुमार पुनमगर, थाली नाँच प्रशिक्षक हिरामाया पुन श्रीसलाई सम्मान गरिएको थियो । 
 

पोखरा:     आगिलागीबाट पुर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट  ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ ।  ...

थप पढ्नुहोस्

पोखरा:     पोखरामा आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४७ वर्षीय सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ ।  आफ्नो छोरीसँग झगडा गरे...

थप पढ्नुहोस्

काठमाडौं:     वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३&ndas...

थप पढ्नुहोस्