पोखरामा कृष्ण मेमोरियल एट ए साइड भेट्रान फुटबल हुँदै, विजेतालाई १ लाख १ हजार
पाेखरा | फागुन १६, २०८०
पोखरा: पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आगामी चैत ७ गतेदेखि ९ गतेसम्म कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको हो ।
बिक्कु गिरीका बुवा स्वर्गीय कृष्ण गिरी पूर्व फुटबल रेफ्री रहेकाले उनको सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक विषम पहारीले बताए । ‘
स्वर्गीय कृष्ण गिरी पहिले फुटबल रेफ्री हुनुहुन्थ्यो । उहाँको फुटबल विकासमा योगदान छ । त्यतिमात्र नभएर विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँको सम्मान र सम्झनामा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्न लागेका हौं,’ खेल संयोजक पहारीले भने ।

उनका अनुसार सो प्रतियोगिताको विजेतालाई नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५/५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
प्रतियोगितामा सहभागि हुनका लागि कम्तिमा ३५ वर्ष उमेर पूरा हुुनुपर्ने खेल संयोजक पहारीले जानकारी दिए ।
उनका अुनसार प्रतियोगितामा सहभागिता जनाउनका लागि ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । टिम दर्ता फोनबाटसमेत (९८१६६९९९९२, ९८१५१८२९२१, ९८४३३९२९३६) गर्न सकिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

