लायन्स क्लब अफ पोखरा चौतारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण

काठमाडाैं | फागुन ९, २०८०

लायन्स क्लब अफ पोखरा चौतारीद्धारा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण

पोखरा:    लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराही आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।


गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गरे । 


कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउँदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताए । 


बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उनको भनाई छ । 


माछापुच्छ«े गाउँपालिका–२ का वडा अध्यक्ष गणेश आचार्यले संस्थाहरुको सहयोग र स्थानीय तहको प्रयासले विद्यालयमा विद्यार्थीहरुको संख्यामा वृद्धि हुदै गएको बताए । 


कार्यक्रममा लायन्सका डिष्ट्रिक चिफ एड्भाइजर प्रजापति बास्तोला, मोहानबाबु खड्का, पुरुशोत्तम पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष तिर्थबहादुर गुरुङ, कृष्ण आचार्य  लगायतले लायन्सले गरेको योगदानको चर्चा गरे । 


विद्यालयका प्राचार्य रामप्रसाद आचार्यले न्युन आय भएका अभिभावकका बालबालिका पढ्ने यस विद्यालयमा संस्थाको सहयोगले गर्दा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । 


कार्यक्रममा ५२ जना विद्यार्थीहरुलाई प्रजातन्त्र दिवसको अवसर पारी करिब २ लाख बराबरको न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको थियो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्