बिटी कपमा प्रिक्वाटर समिकरण पूरा

पाेखरा | फागुन ६, २०८०

बिटी कपमा प्रिक्वाटर समिकरण पूरा

पोखरा:   बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलको समिकरण पूरा भएको छ ।

 

पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (आइतबार) दोस्रो चरणका सबै खेल सकिएसँगै प्रिक्वाटरफाइनलका समिकरण पूरा भएको हो ।

 

बेलिज एफसी र दिव्यज्योती युवा क्लबबीच आज भएको पहिलो खेल १–१ गोलको बराबरीमा निर्धारित समयसकिएपछि टाइब्रेकरमा दिव्यज्योतीले ५–४ गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गर्याे ।

 

खेलमा बेलीजका लागि नकुल तामाङले १ गोल गरेका थिए भने दिव्यज्योतीको तर्फबाट विशाल गुरुङले १ गोल गरेका थिए ।

 

 

यस्तै कलमपोखरी र लामागाउँ टिम ‘ए’ बीच भएको दोस्रो निर्धारित समया खेल गोलरहित भएपछि टाइब्रेकरमा ९–८ गोल अन्तरले लामागाउँ विजयी बन्यो ।

 

तेस्रो खेलमा एट टु नाइनले लामागाउँ टिम ‘बि’लाई १–० गोल अन्तरले पराजित गर्याे । एट टु नाइनको जीतमा धु्रव घिमिरेले निर्णायक गोल गरे । 

 

यस्तै चौथो खेलमा म्याक्सवेल पोखराले रत्नसमाज क्लब कस्केरीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । म्याक्सवेलको जीतमा अर्जुन थकालीले निर्णायक गोल गरे । अब म्याक्सवेलले प्रिक्वाटरमा तारा एफसीसँग प्रतिस्पर्धा गर्नेछ । 

 

पाँचौ खेलमा नमस्ते ब्रदर्शले मण्डला एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । नमस्तेको जीतमा शोभित भण्डारीले २ गोल र आशिष छन्त्यालले १ गोलको योगदान दिए ।

 

यसैगरी आज भएको अन्तिम खेलमा एन टु क्याफेले एपेक्स काँडेमाथि ४–० गोल अन्तरले सहज जीत निकाल्यो । एन टुको जीतमा विक्रान्त लामाले २ गोल गरे भने उर्गेन लिम्बु र अभय राणाले समान १ गोलको योगदान दिए । 
खेल संयोजक रामकाजी गुरुङका अनुसार सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछन् ।

 

प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्