पोखरामा हरित रोजगारी सिर्जना परियोजना कार्यान्वयन

पाेखरा | फागुन ५, २०८०

पोखरामा हरित रोजगारी सिर्जना परियोजना कार्यान्वयन

पोखरा:     पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना सम्बन्धी परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरूसँग छलफल गरिएको छ । 


साइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको थियो । 


परियोजनाले हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई अभिवृद्धि गर्न उपयुक्त माध्यम सिर्जना गर्दै महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण सहित हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ । यस्तै ग्रीन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । 


ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना र हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन महानगरपालिकाले उपयुक्त वातावरण सिर्जना गर्ने र पर्याप्त तथा आवश्यक मानव संसाधनहरूको व्यवस्थापन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने आरयू उद्यमहरूलाई अभिवृद्धि गर्न दिगो नीतिको सुनिश्चितता सहित परियोजनाको स्वामित्व समेत लिनेछ ।


कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले यस परियोजना मार्फत युवाहरूका लागि रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ । दिगो रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको कोइकाले बताएको छ ।


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले रिसाइकल र अप–साइकल मार्फत हरित रोजगारी सृजना गर्दै युवाहरूलाई रोजगारीसँग जोड्ने महानगरपालिकाको योजना कार्यान्वयनमा यो परियोजना प्रभावकारी हुने बताउनुभयो । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” उहाँले भन्नुभयो । 


परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अप–साइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्