विरेन स्मृति बिटी कपमा पहिलो चरणकै खेल जारी
पाेखरा | फागुन ३, २०८०
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (बिहीबार) ८ खेल सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा लामागाउँ टिम ‘बि’ र नयाँगल्लीबीच आज भएको पहिलो खेल गोलरहित निर्धारित समय सकिएपछि टाइब्रेकरमा लामागाउँ ‘बि’ले ३–२ गोलको अन्तरले पराजित गर्याे ।
यस्तै दोसो खेलमा लामागाउँ टिम ‘ए’ ले हाम्रो एफसीलाई ३–१ गोल अन्तरले लामागाउँ विजयी बन्यो । तेस्रो खेलमा मण्डलाले प्रदेश सभा टिमलाई ५–० फराकिलो गोल अन्तरले हराउँदै मडला दोस्रो चरणमा प्रवेश गर्याे ।
यस्तै चौथो खेलमा रत्नसमाज क्लबले मिलनटोललाई १–० गोल अन्तरले पाखा लगाउदै दोस्रो चरणमा स्थान बनायो ।
पाँचौ खेलमा एलसी ब्रदर्शले आकुरा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्याे ।
पिपलडाली युवा क्लब र रिभान युनाइटेडबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–१ गोल अन्तरले पिपलडाली विजयी बन्यो ।
बाँनिया ब्रदर्श र पाखुरीकोटबीच भएको सातौ खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइबे्रकरमा ३–२ गोल अन्तरले बानियाँ ब्रदर्श विजयी बन्यो ।
यसैगरी आज भएको अन्तिम खेलमा बिटी क्लबलाई पोखरा म्युजिक हाउसले ३–० गोल अन्तरले पराजित गर्दै पोखरा म्युजिक हाउस अघिल्लो चरणमा प्रवेश गर्याे ।
शुक्रबारपनि पहिलो चरण अन्तरगतकै ८ खेल हुने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए ।
उनका अनुसार कुल ५६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

