पोखरामा प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवसमा दीप प्रज्वलन
पाेखरा | फागुन २, २०८०
पोखरा: प्रथम सहिद लखन थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमामा पोखरामा दीप प्रज्वलन गरिएको छ ।
प्रथम सहिद थापामगरको १ सय ४७ औं स्मृति दिवसको अवसरमा पोखराको लखन चोकमा मगर विद्यार्थी संघ कास्की र पीएन क्याम्पस कमिटिको सयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सल्लाकार धनप्रसाद तामाङ, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्मराज तमु, प्रदेश महासचिव सुजन लामा, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापा, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सचिव शुसिल थापामगर र पीएन क्याम्पस कमिटि अध्यक्ष कृष्ण बुढामगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष महेश घर्ती मगरका अध्यक्षता र सचिव योगेन्द्र थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

