कास्कीको रुपामा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ५० हजार
पाेखरा | फागुन १, २०८०

पोखरा: कास्की रुपा गाउँपालिकाले स्थापना दिवसमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ ।
गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,झाँकी प्रदर्शनी र माला प्रतियोगिता आयोजना गरेको बताए ।
‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष ओझाले भने, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै रुपा रत्न पुरस्कार वितरण गरेर मनाउँदै छौं ।’
उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५०, उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् ।
यस्तै कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले स्थापना दिवसमा विभिन्न जातजातिको झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरेको छ । रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्र्षको भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए ।
झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने जनाइएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...