एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनका लागि तोकियो जिम्मेवारी

कास्की | माघ २९, २०८०

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनका लागि तोकियो जिम्मेवारी Filed Photo

पोखरा:  नेकपा एमाले जिल्ला कमिटी कास्कीको आगामी चैत्र १० र ११ गते हुने ११ औं जिल्ला अधिवेशनका लागि जिम्मेवारी तोकिएको छ ।

 

आज (सोमबार) बसेको ११ औं  सचिवालय बैठकले अधिवेशन व्यवस्थित गर्न विभिन्न जिम्मेवारी तोकेको हो ।

 

निर्णयानुसार मुल व्यवस्थापन समितिको संयोजकका रुपमा जिल्ला अध्यक्ष मन बहादुर गुरुङले जिम्मेवारी लिएका छन् ।

 

यस्तै स्वंयमसेवक उप–समितिको जिम्मेवारी उपाध्यक्ष तेजनारायण अधिकारीले सम्हाल्नेछन् ।

 

प्रतिनिधि व्यवस्थापन उपसमितिमा सचिव बैन बहादुर अधिकारी क्षेत्री, प्रचार प्रसार उपसमितिमा उपसचिव दर्शन लामा, जनपरिचालन उपसमितिमा उपसचिव नवराज ओझा, अतिथि सत्कार उपसमितिमा हिरा गिरी, आर्थिक, खानखाजा उपसमितिमा चिरञ्जिवि पोखरेल, मञ्चव्यवस्थापनमा आर पी खनाल, स्वास्थमा डा. छममाया पुन, आवास व्यवस्थापनमा कृण्ण न्यौपाने, सांस्कृतिकमा सुरेन्द्र गुरुङलाई जिम्मेवारी तोकिएको छ ।
   
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्