गण्डकीका सांसद थापाको तलबभत्ता: विकास निर्माणदेखि बिरामीको उपचारमा खर्च
पाेखरा | माघ २७, २०८०
पोखरा: गण्डकी प्रदेश सभाका सांसद विन्दुकुमार थापाले पाएको तलब भत्ता विकास निर्माणदेखि विभिन्न सामाजिक कार्यमा खर्च गरेका छन् ।
गण्डकी प्रदेश सांसदमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थापाले एक वर्ष सम्म पाएको पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसबाट दोस्रो पटक निर्वाचित थापाले ०७९ पुस २५ देखि पाएको ८ लाख ९६ हजार १ सय ६० मा रकम थप गरेर ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको सांसद थापाले बताए ।
गण्डकी प्रदेश सभाको पहिलो कार्यकालमा पनि सांसदले पाउने तलब भत्ता विकास निर्माणमा नै खर्च गरेका सांसद थापाले दोस्रो कार्यकालको तलब भत्तालाई विकास निर्माणमा खर्च गर्ने बताएका हुन् ।
सांसद थापाले प्रदेश सभाको विभिन्न बैठकभत्तादेखि मासिक पारिश्रमिक आफ्नो क्षेत्रको विकास निर्माणदेखि सामाजिक कार्यमा खर्च गरेका हुन् ।
सांसद थापाले पोखरा महानगरपालिका–१६ शान्ति टोलका ५ जनाको घरमा खानेपानीको धारा जडानदेखि विभिन्न बिरामीलाई आर्थिक सहयोग र विकास निर्माणमा खर्च गरेका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

