मणिपाल आन्दोलनः २६ दिनदेखि आन्दोलित कर्मचारी, समाधानको साँचो ‘बतास समूह’सँग

काठमाडाैं | असार १४, २०७९

मणिपाल आन्दोलनः २६ दिनदेखि आन्दोलित कर्मचारी, समाधानको साँचो ‘बतास समूह’सँग

पोखराः मणिपाल अस्पतालका कर्मचारीले प्रशासनसमक्ष विभिन्न माग राख्दै आन्दोलन सुरु गरेको आज २६ दिन भइसकेको छ । यसबीच अस्पतालको ओपिडीसमेत पूर्णरुपमा सुचारु हुन सकेको छैन । 

 

आन्दोलनका कारण अपरान्हपछि मात्रै ओपिडी सेवा दिइँदै आइएको छ । आन्दोलित कर्मचारी आबद्ध युनियन र अस्पताल प्रशासनबीच पटकपटक वार्ता भएपनि समस्या समाधान हुन सकेको छैन । 

 

कर्मचारीहरूलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सन् २०१० मा कर्मचारी सङ्गठनहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको, सञ्चित बिदा र अतिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेकोे उनीहरुले जनाएका छन् । यसको विपरित अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनुसार सबै सेवा सुविधा दिएको भन्दै अडिग रहेको छ । 

 

यही विषयमा साेमबार पनि आन्दोलनरत कर्मचारी र प्रशासनबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ । वार्ताबाट समस्याको निकास नआउनुमा बतास समूहको संलग्नता भएको जनाइएको छ । 

 

‘हामी सोमबार वार्ता बस्यौं’ नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाई अध्यक्ष अमृत पौडेलले भने ‘तर प्रशासनले नयाँ मालिकसहित वार्ता गरेर पुनः छलफल गर्ने जानकारी दियो ।’ नयाँ मालिक को हो ? भन्ने प्रश्नमा अध्यक्ष पौडेल भन्छन् ‘बतास समूह ।’

 

मणिपाल अस्पताल खरि प्रक्रिया टुंग्याएको दाबी गर्ने बतास समूहकै अप्रत्यक्ष हस्तक्षेपका कारण कर्मचारी आन्दोलनको समस्या समाधान हुन नसकेको पौडेलको बुझाई छ । ‘हिजो अस्पताल प्रशासनले वार्ताकै दौरान नयाँ मालिक भन्दै बतास समूहसँगै बसेर छलफल गर्ने भनेपछि हामी बल्ल स्पष्ट भयौं’ पौडेलले भने । 

 

आज दिउँसो ३ बजे बतास समूहसहित त्रीपक्षीय वार्ताको तालिका रहेको बताउँदै पौडेलले कर्मचारीहरुको माग पुरा हुनेमा आशावादी रहेको जनाएका छन्  ।

 

मणिपाललाई पोखराका दुई व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले किनेको बताइएको छ । आनन्दराज बतासले बतास समुह चलाएका छन् भने नारायण पौडेलको अटोवेज ग्रुप छ । 

 

करिब सवा ३ अर्ब रुपैयाँमा यी दुई व्यवसायीले मणिपाल खरिद गर्ने प्रारम्भिक सम्झौता भएको थियो । अस्पताललाई ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा किनिएको सार्वजनिक भइसकेको छ।

 

भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल सञ्चालन गरेको थियो ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्